२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुपरमाई हाइड्रोपावर लिमिटेडको चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक

images

  • २०८० साउन २३, मंगलबार
  • 1.0K
    SHARES
  • सुपरमाई हाइड्रोपावर लिमिटेडको  चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक

    साउन २३, काठमाडौं : सुपरमाई हाइड्रोपावर लिमिटेडले आर्थिक वर्ष २०७९/८० को चौथो त्रैमासिक प्रतिवेदन सार्वजनिक गरेको छ। जसमा नाफा ५५.४० प्रतिशतले घटेको छ।

    कम्पनीले समिक्षा अवधिमा ५ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १२ करोड ३९ लाख रुपैयाँ नाफा कमाएको प्रकाशित तथ्यांकले देखाएको छ। जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ५५.४० प्रतिशत कम हो।

    कम्पनीको प्रशासनिक तथा सामान्य खर्च २८ दशमलव ३२ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यसम्म ७२.३३ लाख खर्च भएको तथ्यांकले देखाएको हो। 

    कम्पनीले असार मसान्तसम्म विद्युत बिक्रीबाट २१ करोड ७१ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले विद्युत बिक्रीबाट २४ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको थियो। यो हिसाबले समीक्षा वर्षमा कम्पनीको ११.५३ प्रतिशतले घटेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ