२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपिओ बिक्री खुल्ला

images

  • २०८० साउन २३, मंगलबार
  • 1.2K
    SHARES
  • रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपिओ बिक्री खुल्ला

    साउन २३,काठमाडौं : रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रिमियम मुल्यमा आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको छ। आज साउन २३ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि आईपिओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो।

    कम्पनीले हाल कायम जारी पूँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिशेयर कुल २५७ रुपैयाँमा १ करोड २० लाख कित्ता आईपिओ निष्काशन गर्दैछ। जसमध्ये, कम्पनीले निष्काशन गर्न लागेको कुल शेयरको १० प्रतिशत अर्थात १२ लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड गरिसकेको छ।

    त्यस्तै कम्पनिले कुल शेयरको ५ प्रतिशत अर्थात ६ लाख कित्ता शेयर सामूहिक लगानी कोष र अर्को ५ प्रतिशत अर्थात ६ लाख कित्ता नै शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरेको छ भने, बाँकी रहेको ९६ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुल्ला गरेको हो। 

    कम्पनीको आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार ४०० कित्ताका लागि आवेदन दिन सकिनेछ भने, कम्पनीले निष्काशन गरेको आईपीओमा साउन २६ गतेसम्म आवेदन दिन सकिनेछ। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ