२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल टेलिकमको हरायो २० हजार थान रिचार्ज कार्ड

images

  • २०८० साउन २४, बुधबार
  • 716
    SHARES
  • नेपाल टेलिकमको  हरायो २० हजार थान रिचार्ज कार्ड

     साउन २४,काठमाडौं : नेपाल टेलिकमको २० हजार थान रिचार्ज कार्ड हराएको छ। टेलिकमले सूचना जारी गर्दै ढुवानीका क्रममा १० लाख रुपैयाँ बराबरको ५० रूपैयाँ दरका २० हजार थान रिचार्ज कार्ड हराएको हो । 

    टेलिकमले सिरियल नम्बर  ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका रिचार्ज कार्ड हराएकाले ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड  खरिद बिक्री नगर्न वितरक र  ग्राहकलाई अनुरोध गरेको छ।

    ती सिरियल नम्बर उल्लिखित रिचार्ज कार्ड भेटिएमा नजिकैको दूरसञ्चार कार्यालयमा बुझाइदिन अथवा टेलिकमको कार्यालयमा सम्पर्क गर्न ‍नेपाल ‍टेलिकमले अनुरोध गरेको छ।  नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले दुई साताअघि काठमाडौंबाट भैरहवा लैजाने क्रममा कार्ड हराएको बताउनु भयो । हराएका कार्डमा पैसा नहुने भएकाले कसैले पनि ती कार्ड नकिन्न उहाँले अनुरोध गर्नु भएको छ । 

    ‘ढुवानीको क्रममा रहेका कार्ड टेलिकमको सम्बन्धित कार्यालयमा पुगेर सिस्टममा इन्ट्री नगरेसम्म ती कार्डमा पैसा हुँदैन। त्यसैले अहिले हराएको कार्डमा पनि पैसा नभएकाले ती कार्ड किनेर रिचार्ज गर्न नमिल्ने बताउनु भएको  छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ