२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा दोहोरो अंकको सुधार

images

  • २०८० साउन २४, बुधबार
  • 1.1K
    SHARES
  • सेयर बजारमा  दोहोरो अंकको सुधार

    साउन २४ ,काठमाडौं : बुधबार सेयर बजार ४१.०६ अंकले बढेको छ। बजार २०६०.९१ विन्दुमा उक्लियो। यो २.०३ प्रतिशतको वृद्धिदर हो। बुधबार अन्तिम समयमा आएर बजार दोहोरो अंकले बढेको हो । बुधबार वित्त, होटल र पर्यटन, जीवन बीमा, व्यापारसहितका उपसूचकमा राम्रो वृद्धि देखियो।

    म्युचुअल फण्डका लगानीकर्ताले भने बुधबार धेरै गुमाए। कुल २६५ धितोपत्रको ७७ हजार ५०१ कारोबारबाट ५० लाख १० हजार ७१६ कित्ता सेयर किनबेच भएको छ।

    कुल १ अर्ब ८८ करोड ८३ लाख २६ हजार ४६९ रुपैयाँ बराबरको कारोबार बुधबार भएको छ। हिमालयन लघुवित्त, सुपर मादी हाइड्रो, मनकामना स्मार्ट, मनकामना हाइड्रोको सकारात्मक सर्किट लेवलमा कारोबार भएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ