काठमाडौँ : सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ १९ गते बसेको सञ्चालक समितिको बैठकले कुल १४.०७७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजीको १४.०७७ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको हो। लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ। उक्त प्रस्ताव नेपाल राष्ट्र बैङ्क र यस संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि सेयर धनीलाई वितरण हुनेछ ।
साबिकका २ लघुवित्त एक आपसमा मर्जर भएर एकीकृत कारोबार सुरु गरेको हुनाले एकीकृत कारोबार भएको मिति देखि २ वर्षसम्म लाभांशमा कर छुट हुने व्यवस्था रहेका छ। त्यसैले यस लघुवित्तले प्रस्ताव गरेको बोनस सेयरमा कर छुट हुनेछ। यसले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।



