२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कपनको साततले क्षेत्रमा बालेनको डोजर चलाएपछि विवाद

images

  • २०८० साउन २५, बिहीबार
  • 1.1K
    SHARES
  • कपनको साततले क्षेत्रमा बालेनको डोजर चलाएपछि विवाद

     साउन २५ ,काठमाडौं : काठमाडौँ महानगरपालिकाले बुढानीलकण्ठ र काठमाडौँ महानगरको सीमा क्षेत्रमा सात तले कपन क्षेत्रको खोलामाथि डोजर चलाएपछि विवाद भएको छ ।

     खोलामाथि राखेको स्ल्याब हटाउन काठमाडौँ महानगरले डोजर चलाएपछि विवाद भएको हो ।बुढानीलकण्ठ क्षेत्रमा महानगरले डोजर चलाएपछि स्थानीयले विरोध गरेको मेयर मिठाराम अधिकारीले जानकारी दिनु भयो ।  

    ‘महानगरले बुढानीलकण्ठ क्षेत्रको सात तलेमा डोजर चलाएपछि विवाद भएको हो । स्थानीयले डोजर चलाउन अवरोध गरेका हुन्’, मेयर अधिकारीले भन्नु भयो, ‘विवादपछि अहिले हामी छलफल गरिरहेका छौँ ।’

    स्ल्याब हटाउन गएको महानगरको नगर प्रहरी र स्थानीयबीच झडप समेत भएको स्थानीयले बताएका छन् ।  उक्त क्षेत्रमा सानो पानी पर्दा समेत डुबान हुने गरेको छ ।

    खोलाको तलतर्फ ह्युम पाइप राखिएको छ । जसमा खोला साँघुरिएपछि सानो पानी पर्दासमेत आसपासका बासिन्दा डुबानको समस्या बेहोर्न बाध्य छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ