२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विकासको मोडेलमा परिवर्तन गरेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री ओली

images

  • २०८० साउन २५, बिहीबार
  • 736
    SHARES
  • विकासको मोडेलमा  परिवर्तन गरेर अघि बढ्नुपर्छ : प्रधानमन्त्री ओली

    साउन २५ ,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नतिजा देखिने र जनताले अनुभूति गर्नेगरी काम गर्न मन्त्री तथा सचिवहरूलाई निर्देशन दिनु भएको छ। 

    आर्थिक वर्ष २०७९र८० को समीक्षा र आर्थिक वर्ष २०८०र०८१ को कार्यसम्पादन सम्झौतापछि सम्बोधन गर्दै  उहाँले यस्तो निर्देशन दिनु भएको हो।प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्र सुधार, सुशासन र भ्रष्टाचार नियन्त्रणमा केही काम भएता पनि उल्लेख्य सुधार हुन नसकेको बताउनु भएको छ।  प्रधानमन्त्री प्रचण्डले विकासको मोडेलमा नै परिवर्तन गरेर अघि बढ्नुपर्ने उल्लेख  गर्नु भएको छ। 

    ‘हामीमा यथास्थीति र सामन्तवादको अवशेष अझै बाँकी छ, आफैंले  तय गरेकै काम पनि गर्न नसक्नु नियतमा नै खोट हुनु हो,’ प्रधानमन्त्री प्रचण्डले भन्नु भयो  ‘नेपालको कर्मचारी तन्त्र समकालीन विश्वको कर्मचारीतन्त्रको तुलनामा कमजोर छैन तर राजनीतिक नेतृत्वको दृष्टि र कर्मचारी तन्त्रको दृष्टि नमिलेकोजस्तो देखिएको छ।’ 

    यही संरचनाबाट परिवर्तन संभव छ भन्ने सन्देश दिनुपर्ने भन्द राजनीतिक नेतृत्वको स्पिरिट र इच्छाशक्तीलाई परिणाममा लैजान कर्मचारीहरूले संकल्प गर्नुपर्ने  उहाँको भनाई छ। 

    सरकारले केही ठाउँमा राम्रा कामको सुरूआत गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले दोषी कोही नछुट्ने निर्दोष कोही नपर्ने गरी राष्ट्र र जनताको हितमा काम  भइरहेको  बताउनु भयो।

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ