२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
लाभांश घोषणा

युनाइटेड इदी मर्दीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

images

  • २०८० माघ २२, सोमबार
  • 1.4K
    SHARES
  • युनाइटेड इदी मर्दीद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौँ : युनाइटेड इदी मर्दी एण्ड आरबि हाइड्रोपावरले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कुल ५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।

    कम्पनीले हालको चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो।कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि उक्त लगानीकर्तामा वितरण हुने छ। त्यस्तै, कम्पनीले प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि सभामा लैजाँदै छ।

    कम्पनीले फागुन १७ बिहीबार साधारण सभा आह्वान गरेको छ। कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। फागुन ३ गतेसम्म कायम सेयर धनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन्। 

    कम्पनीको सभामा लाभांश बाहेक अन्य प्रस्ताव अन्तर्गत आ.व.२०७९/८० को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व.२०७९/८०को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रभाव विवरण सहितको वित्तीय विवरणहरू (अनुसूचीहरू समेत) छलफल गरी पारित गर्ने र आ.व.२०८०/८१ को लेखा परीक्षण कार्यको लागी लेखा परीक्षक नियुक्ति एवं निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्ताव पेस हुने छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ