साउन २५ ,काठमाडौं : बिहीबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। सेयर बजार परिसूचक नेप्से ५.१३ अंकले बढ्दा २०६६.०५ विन्दुमा बन्द भएको छ। यो ०.२४ प्रतिशतको वृद्धि हो।
बिहीबार होटल तथा पर्यटन परिसूचकमा सर्वाधिक वृद्धि देखिएको छ। सो परिसूचक २.६७ प्रतिशतले वृद्धि भएको हो ।बजारको इण्ट्राडे चार्ट हेर्दा बजार २ बजेर १५ मिनेट तिर जाँदा उच्च विन्दु हासिल गरेको थियो। बिहीबार कूल २६९ धितोपत्रको ५७ हजार ७८९ कारोबारबाट ५५ लाख ३ हजार २१ कित्ता धितोपत्रको किनबेच भएको छ। कूल २ अर्ब १५ करोड ६५ लाख ८३ हजार ९४५ रुपैयाँ बराबरको कारोबार भएको हो।
बिहीबार अभियान लघुवित्तको सर्वाधिक सेयर मूल्य वृद्धि भएको छ। अभियान लघुवित्तको सेयर मूल्य ९.०९ प्रतिशतले वृद्धि हुँदै ७८० कायम भएको छ। सर्वाधिक मूल्य घट्नेमा हिमालयन लघुवित्त रहेको छ।
कम्पनीको बजार मूल्य ६ दशमलव ५३ प्रतिशतले घट्दै ६१६ रुपैयाँ पुगेको छ। बिहीबार सोल्टी होटल लिमिटेडको सर्वाधिक कारोबार भएको छ। सोल्टी होटलको १६ करोड ९५ लाखको कारोबार हुँदा बजार मूल्य ४६१ पुगेको छ।



