साउन २५, काठमाडौं : बिहीबार बेलुकी काठमाडौंको भोटाहिटीस्थित राकेश श्रेष्ठको घरमा आगलागी भएको छ। उक्त आगलागी नियन्त्रणमा ल्याउन काठमाडौं र ललितपुर महानगरपालिका दमकलहरु परिचालन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिनुभयो।
प्रहरीका अनुसार कपडा र भाँडाकुँडा राखिएको ठाउँमा आगलागी भएको हो। भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्यूरोको पछाडिपट्टी श्रेष्ठको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिनुभयो।



