२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: पक्राउ पर्नेको संख्या ७ पुग्यो

images

  • २०८० साउन २६, शुक्रबार
  • 1.1K
    SHARES
  • नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: पक्राउ पर्नेको संख्या ७ पुग्यो

    साउन २६, काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा थप दुई जना डाक्टरलाई  पक्राउ गरिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले काठमाडौँस्थित इशान बाल अस्पतालमा कार्यरत चिकित्सक श्रद्धा शिल्पकार र मोरङका चिकित्सक मनित चौधरीलाई पक्राउ गरेको हो।


    शिल्पकारलाई बिहीबार राति काठमाडौंबाट पक्राउ गरिएको हो भने चौधरीलाई मोरङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए। उनका अनुसार चौधरीले मोरङमा निजी क्लिनिक चलाउँदै आएका छन्। योसँगै नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ पर्नेको संख्या ७ पुगेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ