साउन २६,काठमाडौं : नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ। शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो।
शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको थियो। शर्मा नेपाली कांग्रेसका सांसद हुन्। उनी सहित पक्राउ परेका अन्य सबैलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ।



