काठमाडौँ : सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरेका छ। कम्पनीको माघ २१ गते बसेको सञ्चालक समितिको बैठकले कुल ११ प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
कम्पनीले हालको चुक्ता पुँजीको ११ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने भएको हो। प्रस्तावित नगद लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित गरी शेयरधनीहरुलाई वितरण गर्ने कम्पनीले जनाएको छ।
कम्पनीले हाल कायम रहेको चुक्ता पुँजी रु. २ अर्ब ८० करोड ६५ लाख ४९ हजार ९ सयको ११ प्रतिशतले हुन आउने रकम रु. ३० करोड ८७ लाख २० हजार ४ सय ८९ रुपैयाँ (नगद लाभांशमा लाग्ने कर समेत ) नगद लाभांश प्रस्ताव वितरण गर्ने प्रस्ताव गरेको हो।



