२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

images

  • २०८० साउन ३०, मंगलबार
  • 1.0K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    साउन ३०,काठमाडौं :मंगलबार सेयर बजार दोहोरो अंकले गिरावट भएको छ । मंगलबार ३१.८० अंकले घटेको बजार २०४५.४४ विन्दुमा बन्द भएको छ ।  यो १.५३ अंकको गिरावट हो ।

    म्यूचअल फण्डबाहेक सबै उपसूचक घटेको छ । यसमध्ये सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन उपसूचकका लगानीकर्ताले ४.२६ प्रतिशतले गुमाएका छन् ।

    मंगलबार २७८ धितोपत्रको ६१ हजार ३४१ कारोबारबाट ५६ लाख ३ हजार १७९ कित्ता सेयर किनबेच भएको छ । जसबाट २ अर्ब १५ करोड ७३ लाख १२ हजार ३६९ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज इमर्जिङ नेपाल लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ५.१८ प्रतिशतले बढेको छ । नेपाल बैंक डिभेन्चर, सिक्लेस हाइड्रोपावर, नविल ग्रोथ फण्डसहितका धितोपत्रको आज मूल्य बढेको छ ।

    हिमालयन डिष्टिलरीका लगानीकर्ताले आज सबैभन्दा धेरै गुमाएका छन् । यसको मूल्य ७.६९ प्रतिशतले घटेर २०१७ रुपैयाँमा झरेको छ ।

    थ्रीस्टार हाइड्रो, मोलुङ हाइड्रो, इन्फिनिटी लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।हिमालयन डिष्टिलरी, शिवम सिमेन्ट, सोल्टी होटेल, आईएमई लाइफ इन्स्योरेन्स, एभरेष्ट बैंकसहितका धितोपत्रको बढी कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ