काठमाडौँ : नेपाल इन्भेष्टमेन्ट मेगा बैङ्कले १० वर्षे अवधिको लागि ऋणपत्र जारी गर्ने भएको छ। बैङ्कले फागुन १ गतेदेखि ४ अर्ब ४ करोडको ऋणपत्र निष्कासन गर्ने भएको छ। बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित दरका ४ अर्ब ४ करोड रुपैयाँ ऋणपत्र जारी गर्दै छ। बैङ्कले ४० लाख ४० हजार इकाई ऋणपत्र निष्कासन गर्न लागेको हो।
जारी गरिने कुल ऋणपत्र मध्ये ४० प्रतिशत अर्थात् १६ लाख १६ हजार कित्ताबाट ८० हजार ८०० कित्ता सामूहिक लगानी कोषको लागि छुटाएको छ। यसबाट बाँकी ऋणपत्र सर्वसाधारणको लागि छुटाएको छ। कुल ऋणपत्रको ६० प्रतिशत अर्थात् २४ लाख २४ हजार कित्ता भने विभिन्न संघसंस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने उल्लेख छ।
उक्त ऋणपत्रको अवधि दश वर्षको हुनेछ भने ऋणपत्रमा १० प्रतिशत ब्याजदर तोकिएको छ। बैङ्कको ऋणपत्र बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।
आवेदन दिँदा न्यूनतम २५ कित्ता र अधिकतम १० लाख कित्ताको आवेदन दिनु पर्ने छ। यस निष्कासनमा छिटोमा फागुन ४ गतेसम्म र सो समय भित्र पर्याप्त आवेदन नपरेमा ढिलोमा फागुन १५ गतेसम्म आवेदन दिन सकिने छ।



