२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मासिक १ खर्बभन्दा बढी भित्रियो रेमिट्यान्स

images

  • २०८० भदौ १, शुक्रबार
  • 706
    SHARES
  • मासिक १ खर्बभन्दा बढी भित्रियो रेमिट्यान्स

    भदौ १, काठमाडौं : आर्थिक वर्ष २०७९/८० मा मासिक औसत १ खर्बभन्दा माथि रेमिट्यान्स भित्रिएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म १२ खर्ब २० अर्ब रुपैयाँ रेमिट्यान्स  नेपाल भित्रिएको हो। यस आवमा अघिल्लो आवको तुलनामा २१.२ प्रतिशतले विप्रेषण वृद्धि भएको हो।

    यस आवमा वैदेशिक रोजगारीमा जाने व्यक्तिको संख्याले कीर्तिमान कायम गरेको थियो। सोही अनुसार नेपालीहरुले स्वदेशमा वैधानिक च्यानलबाट रकम पठाउने क्रम समेत वृद्धि भएको हो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२.१ प्रतिशतले बढेर ९ अर्ब ३३ करोड पुगेको छ। अघिल्लो आवमा यस्तो वृद्धिदर २.२ प्रतिशत थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ