२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक,जीवन बीमा कोषमा साढे ८ अर्ब

images

  • २०८० माघ २३, मंगलबार
  • 1.1K
    SHARES
  • रिलायबल नेपाल लाइफको वित्तीय विवरण सार्वजनिक,जीवन बीमा कोषमा साढे ८ अर्ब

    काठमाडौँ : रिलायबल नेपाल लाइफले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि गर्न सफल भएको छ। आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोष ६ अर्ब ४९ करोड रहेको थियो भने यस वर्षको पुस मसान्तसम्ममा कम्पनीको जीवन बीमा कोषको आकार वृद्धि भई ८ अर्ब ५३ करोड पुगेको छ।

    गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले २२ करोड ४६ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो भने यस वर्षको समीक्षा अवधिसम्ममा कम्पनीले २३ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा आर्जन ४.९६ प्रतिशतले वृद्धि भएको हो। यद्यपि जीवन बीमा कम्पनीहरूको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुन सक्नेछ।

    त्यस्तै, गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ७८ करोड ६५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो भने यस वर्षको समीक्षा अवधिसम्ममा कम्पनीले १ अर्ब ९३ करोड २५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क ८ प्रतिशतले वृद्धि भएको हो।

    रिलायबल नेपाल लाइफले छ महिनाको अवधिमा २१ करोड ४६ लाख रुपैयाँ अभिकर्ता कमिसन बापत खर्चिएको छ।  गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २४ करोड ८० लाख रुपैयाँ खर्चिएको थियो। समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ११.५५ रुपैयाँ रहेको छ भने प्रतिशेयर नेटवर्थ १७९.७१ रुपैयाँ रहेको छ।

    चालु आर्थिक वर्षको समीक्षा अवधिमा कम्पनीले शेयर प्रिमियम मार्फत १ अर्ब ७५ करोड रुपैयाँ उठाएको छ। यस अवधिमा कम्पनीको महाविपत्ति कोषमा १४ करोड ३७ लाख रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको सञ्चिति जगेडा कोषमा १ अर्ब २३ करोड ८५ लाख ८२ हजार रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ