२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना , १० जनाको मृत्यु

images

  • २०८० भदौ १, शुक्रबार
  • 636
    SHARES
  • मलेसियामा चार्टर्ड विमान सडकमा दुर्घटना , १० जनाको मृत्यु

    भदौ १,एजेन्सी : मलेसियामा चार्टर्ड विमान दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ। बिहीबार दिउँसो क्वालालम्पुरस्थित लंकावी अन्तर्राष्ट्रिय विमानस्थलबाट सेलांगोरका लागि उडेको निजी जेट विमान सुल्तान अब्दुल अजिज शाह विमानस्थलनजिकको सडकमा दुर्घटना भएको हो।

    ६ यात्रु र चालक दलका २ सदस्य रहेको विमान दुर्घटना भएपछि सडकमा गुडिरहेका कार र मोटरसाइकलसँग ठोक्किएको थियो। दुर्घटनामा विमानमा रहेका ८ जना र मोटरसाइकल र कारमा सवार दुई गरी १० जनाको मृत्यु भएको  सिएनएनले जनाएको छ।

    दुर्घटना हुनुपूर्व स्थानीय समयअनुसार दिउँसो २स्४७ बजे सुबङ एअर ट्राफिक कन्ट्रोल टावरसँग उक्त विमानको सम्पर्क भएको थियो। एटिसीले २:४८ मा अवतरण गर्न भनेकोमा निर्धारित समयमा विमान अवतरण नभएको मलेसियाको नागरिक उड्डयन प्राधिकरणलाई उदृध गर्दै सिएनएनले उल्लेख गरेको छ।

    २:५१ बजे विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो। प्राधिकरणले विमानका चालक दलबाट खतराको अवस्थाबारे कुनैपनि जानकारी नआएको बताएको छ। विमान दुर्घटनामा मृत्यु भएकाहरूको पहिचान र पोष्टमर्टमका लागि टेंकु अम्पुअन रहिमह हस्पिटल लगिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ