२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री श्रेष्ठ

images

  • २०८० भदौ १, शुक्रबार
  • 941
    SHARES
  • भ्रष्टहरूको धम्कीबाट सुशासनको अभियान रोकिँदैन : गृहमन्त्री  श्रेष्ठ

      भदौ १, एजेन्सी :उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताउनु भएको छ । 

    अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उहाँले यस्तो  बताउनु भएको हो । उहाँले  ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको धम्कीबाट आफू नडराउने, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्ने, सुशासनको अभियान कुनै हालतमा नरोक्ने बताउनु भएको छ । 

    भ्रष्टाचारी, ठग र तस्करहरूलाई संरक्षण गर्ने तत्त्वहरू सलबलाउन थालेका र उनीहरू यो अभियानलाई कसरी भाँजो हाल्न सकिन्छ भन्ने षड्यन्त्र गरिरहेको भएपनि उनीहरूका षड्यन्त्रले सरकारको अभियान नरोकिने उहाँको भनाई छ । सरकारमा रहेसम्म सुशासनको अभियान नरोकिने  बताउनु भएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ