भदौ १, काठमाडौं :आर्थिक वर्ष २०७९र८० मा ८ लाख ६२ हजार ९९२ पर्यटक नेपाल भित्रिएका छन्। राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९र८० को वार्षिक तथ्यांकमा उक्त तथ्यांक उल्लेख छ।
यस आर्थिक वर्षमा पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। अघिल्लो आर्थिक वर्षमा नेपाल आउने पर्यटकको संख्या ३ लाख ७४ हजार १४७ रहेको थियो।



