२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ठूलोखोला हाइड्रो र सिटिजन्स क्यापिटलबीच सेयर निष्काशन सम्झौता

images

  • २०८० भदौ ३, आइतबार
  • 1.1K
    SHARES
  • ठूलोखोला हाइड्रो  र सिटिजन्स क्यापिटलबीच सेयर निष्काशन सम्झौता

     

    भदौं ३ काठमाडौं: सिटिजन्स क्यापिटल लिमिटेड र ठूलो खोला हाइड्रोपावर लिमिटेड बीच साधारण सेयर निष्काशन सम्बन्धी सम्झौता भएको छ ।

    उक्त सम्झौतामा ठूलो खोला हाइड्रोपावरका तर्फबाट संचालक श्वेता अधिकारी पन्त तथा सिटिजन्स क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गर्नु भएको छ । सिटिजन्स क्यापिटलले निकट भविष्यमा ठूलो खोला हाइड्रोपावर लिमिटेडको सार्वजनिक निष्काशन गर्ने बताइएको छ । 

    ठूलो खोला हाइड्रोपावर लिमिटेडले निमार्ण गरिरहेको आयोजना “माथिल्लो ठूलाखोला ए जलविद्युत आयोजना” म्याग्दी जिल्लामा अवस्थित रहेको छ र सो योजना २२.५ मेगावाट बिजुली उत्पादन क्षमताको रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ