२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से सूचक झण्डै २२ अंकले गिरावट,कारोबार रकम निरन्तर घट्दै

images

  • २०८० भदौ ३, आइतबार
  • 1.2K
    SHARES
  • नेप्से सूचक झण्डै २२ अंकले गिरावट,कारोबार रकम निरन्तर घट्दै

     भदौ ३, काठमाडौं :साताको पहिलो कारोबार दिन नै नेप्से सूचक २२ अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आइतबार नेप्से सूचक २१.९९ अंकले घट्दै २ हजार ११.१४ अंकको विन्दुमा झरेको हो। 

    आज कारोबार रकम समेत घटेर १ अर्ब ४४ करोड ७४ लाख रुपैयाँ बराबरको ४४ लाख ५९ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ। आज १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ। हाइड्रोपावर समूहको उपसूचक २.३४ प्रतिशतले घट्न पुगेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले घटेका छन्। 

    आज फर्वाड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरुले ४.५७ प्रतिशतले कमाएका छन् भने कृषि विकास बैंकका डिभेन्चर लगानीकर्ताहरुले १० प्रतिशतले गुमाएका छन्। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ