२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपाल लाइफ इन्स्योरेन्सलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

images

  • २०८० भदौ ४, सोमबार
  • 1.2K
    SHARES
  • नेपाल लाइफ इन्स्योरेन्सलको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    भदौ ४,काठमाडौं : साउन ३२ देखि आवेदन खुला रहेको सन नेपाल लाइफ इन्स्योरेन्सले निष्काशन गरेको प्रिमियम सहितको आईपीओमा सर्वसाधारणलाई आज आज बन्द हुने भएको छ। यस अघि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिएको थियो।

    इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता साधारण सेयर निष्काशन गर्ने अनुमति बोर्डबाट पायो। जसमध्य  पहिलो चरणमा ९ लाख ६० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।

    बाँकी रहेको मध्य ४ लाख ८० हजार कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ भने ४ लाख ८० हजार कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित राखिएको छ। सर्वसाधारणलाई बाँकी रहेको ७६ लाख ८० हजार कित्ता खुल्ने भएको हो। यस सेयर प्रतिकित्ता १०० अंकित मूल्यमा १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा बिक्रीलाई खुलेको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ