२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

नेप्से परिसूचक र कारोबार रकम दुबै बढ्यो, हिमालयन रि र माउन्टेन इनर्जीको कारोबार उच्च

images

  • २०८० माघ २३, मंगलबार
  • 1.3K
    SHARES
  • नेप्से परिसूचक र कारोबार रकम दुबै बढ्यो, हिमालयन रि र माउन्टेन इनर्जीको कारोबार उच्च

    काठमाडौँ : साताको तेस्रो कारोबार दिन मङ्गलवार नेप्से परिसूचक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ९.४४ अङ्क बढेर २०८५.७१ विन्दुमा पुगेको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स १.४५ अङ्क घटेको छ भने फ्लोट इण्डेक्स ०.८८ अङ्क तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२३ अङ्क बढेको छ।

    कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा ३३ करोड ७६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने  माउन्टेन इनर्जीको कारोबार रकम साढे १६ करोड बढी कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ८ करोड ७४ लाख, नेपाल टेलिकमको ७ करोड ३५ लाख तथा हाथ्वाए इन्भेष्टमेन्टको ७ करोड ३० लाखको शेयर कारोबार भएको छ।

    आज १३ उपसमूहमध्ये यस दिन ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य र व्यापार उपसमूहको परिसूचक घटेको हो। आज १८१ कम्पनीको मूल्य बढेको छ भने ५७ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

    आज पनि समाज लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा आज ६९ रुपैयाँ ३० पैसा बढेर ७६३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। त्यसै गरी, आज गुराँस लघुवित्तको शेयर मूल्य करिब साढे ९ प्रतिशत बढेको छ भने युनाइटेड अजोड इन्स्योरेन्सको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। त्यस्तै, सामलिङ पाव्व्रको शेयर मूल्य सर्वाधिक १० प्रतिशत घटेको छ भने नेपाल टेलिकमको शेयर मूल्य ५.१० प्रतिशत घटेको छ। 

    आज नेप्सेसँगै कारोबार रकम पनि सामान्य बढेको छ। हिजो २ अर्ब ४३ करोडको शेयर कारोबार भएको बजारमा आज ३१५ स्टकको ६६ जार ५५९ पटकको कारोबारमा २ अर्ब ५९ करोड १५ लाख रुपैयाँ बराबरको ७६ लाख २४ हजार कित्ता शेयर कारोबार भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ