२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भक्तपुर बाल सुधार गृहबाट भागे १५० बालबालिका

images

  • २०८० भदौ ४, सोमबार
  • 761
    SHARES
  • भक्तपुर बाल सुधार गृहबाट भागे १५० बालबालिका

    भदौ ४,काठमाडौं : भक्तपुर बाल सुधार गृहबाट करिब १५० बालबालिका भागेका छन्। सोमबार दिउँसो २ बजे ड्युटीमा खटिएका सुरक्षाकर्मीलाई आक्रमण गरेर मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहबाट उनीहरू भागेको जिल्ला प्रशासन कार्यालय भक्तपुरका सीडीओ खगेन्द्रप्रसाद रिजालले जानकारी दिनु भयो। 

    पछाडिको ढोका फोडेर ड्युटीमा रहेका सुरक्षाकर्मीलाई कुटपिट गरी उनीहरू भागेको उहाँले बताउनु भयो। २० जना प्रहरी पनि घाइते भएको उहाँले बताउनु भयो। विभिन्न अपराधमा संलग्न १८ वर्षमुनिका बालबालिकालाई त्यहाँ राखिएको थियो।

    बलात्कारको आरोपमा सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको थियो।रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै उनका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको थियो।

    बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए। त्यहाँ रहेका अधिकांश बालबालिकाहरूले प्रदर्शनकारीलाई साथ दिएका थिए।सोमबार त्यहाँ रहेका बालबालिकाहरू तोडफोड गरेर भागेका हुन्। ‘करिब १५० जति बालबालिका भागेको बताइएको छ।  उक्त सुधार गृहमा २५६ जना बालबालिका रहेका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ