२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भगवती हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

images

सत्कार खबर
  • २०८० भदौ ५, मंगलबार
  • 891
    SHARES
  • भगवती हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

    भदौं ५,काठमाडौं :भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्राथमिक सेयर (आईपीओ)मा आवेदन खुलाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियममा सहित ११६ रुपैयाँ प्रतिकित्तामा ५ भदौ मंगलबादेखि आवेदन माग गरेको हो ।

    कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरी सर्वसाधारणका लागि आईपीओ निष्कासन खुलाएको हो ।

    कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँको २५ प्रतिशतले हुने १४ करोड ३० लाख १६ हजार २०० रुपैयाँ बराबरको १४ लाख हजार १६२ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँमा निष्कासन गर्ने स्वीकृति पाएको थियो ।

    जसमध्ये कम्पनीले जारी पूँजीको १० प्रतिशतले हुने ५ करोड ७२ लाख ६ हजार ५०० रुपैयाँ बराबरको ५ लाख ७२ हजार ६५ कित्ता सेयर अयोजना प्रभावित कास्कीका स्थानीयलाई निष्कासन गरिसकेको छ । कम्पनीले स्थानीयलाई पनि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १६ रुपैयाँ प्रिमियम सहित ११६ रुपैयाँ प्रतिकित्ताको आईपीओ निष्कासन खुला गरेको हो ।

    यस्तै कम्पनीले सर्वसाधारणलाई जारी पूँजीको १५ प्रतिशतले हुने ८ करोड ५८ लाख ९ हजार ७०० रुपैयाँको ८ लाख ५८ हजार ९७ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन खुला गरेको छ । जसमध्ये १० प्रतिशतले हुने ८५ हजार ८१० कित्ता सेयर कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ