२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्सुरेन्स

एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८० माघ २४, बुधबार
  • 1.1K
    SHARES
  • एनएलजी इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : एनएलजी इन्सुरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ २५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार आज माघ २४ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयर धनीहरूले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल ५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जस अनुसार ५.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२८ प्रतिशत नगद लाभांश रहेको छ। कम्पनीको १८औँ वार्षिक साधारण सभा फागुन ३ गते काठमाडौँको बालुवाटारस्थित आम्र पाली ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ