२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छः रवि लामिछाने

images

  • २०८० भदौ ६, बुधबार
  • 1.3K
    SHARES
  • ६० किलो सुनका बिचौलियाको सूचना मसँग पनि छः रवि लामिछाने

     भदौ ६,काठमाडौं:राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० किलो बढी सुन प्रकरणका केही बिचौलियाको सूचना आफूसँग पनि रहेको बथाउनु भएको छ । 

    सरकारको बहालवाला महानिर्देशक नै अहिले समातिएका अभियुक्तसँग सम्पर्कमा रहेको लामिछानेले  बताउनु भएको हो । सरकारका एक वहालवाला महानिर्देशकले सुन आएको कुराको जानकारी अहिले समातिएका दावा नाम गरेका व्यक्तिलाई दिएका छन्,’ प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै उहाँले भन्नु भयो, ‘ती महानिर्देशकले फोटोसमेत पठाएको जानकारी इमान्दार केही देशभक्त प्रहरीहरूले विश्वास गरेर मलाई दिएका छन्। म तिनलाई सलाम गर्न चाहन्छु। जसले देशलाई माया गरेर यो सूचना दिएका छन्।’

    यसमा संलग्न केही विचौलियाहरूको जानकारी आफूलाई पनि भएको र यसको सूचना सम्बन्धित निकायलाई अवश्य पनि गराउने उहाँको भनाई छ ।

    ‘यसको समाचार लुकाउनको निमित्त लामो समयदेखि पत्रकारिता गरिरहेका मानिससमेत संलग्न छन्। पूर्वप्रहरी प्रमुखहरूको पनि कुराकानी दावा लामासँग भएको कुरा सूचना प्राप्त भएको छ। म यसमा गृहमन्त्रीज्यू, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ उहाँले संसद्समक्ष  भन्नु भयो,

    सिआइबीको अनुसन्धानलाई विश्वास नगर्ने भन्ने कुरै नहुने उहाँले बताउनु भयो । तर, सिआइबीको अनुसन्धान प्रभावित हुने हो कि भन्ने आशंका रहेको उहाँको भनाई छ ।

    ‘शंका सिआइबीप्रति होइन, हाम्रो संयन्त्रप्रति हो, जसले बारम्बार दोषी उम्काउन भूमिका खेल्दै आएका उहाँले बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ