२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

images

  • २०८० भदौ ७, बिहीबार
  • 1.4K
    SHARES
  • मुख्यमन्त्री थापाको विश्वासको मतसम्बन्धी रिट न्यायाधीश खतिवडाको इजलासमा

      भदौ ७ ,काठमाडौं :कोशी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मतविरुद्धको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

    पूर्वमुख्यमन्त्री हिक्मत कार्कीले बुधबार उद्दव थापालाई पदबाट बर्खास्त गरेर आफूलाई मुख्यमन्त्री बनाउन आदेश जारी गर्नुपर्ने मागसहित रिट निवेदन दर्ता गराएका थिए ।

    सभामुख सरहको हैसियत हुने सभाका अध्यक्षले मत बराबर रहेको अवस्थामा मात्रै कुनै प्रस्तावमा मत व्यक्त गर्नुपर्नेमा त्यो अवस्था नभई मत व्यक्त गर्ने काम असंवैधानिक भएको दाबी गरेका छन् ।

    न्यायाधीश खतिवडाको इजलासले कार्कीको निवेदनमाथि प्रारम्भिक सुनुवाई गरी अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे आदेश दिनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ