२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भिजन लुम्बिनीले पायो ३८ करोड २५ लाखको आईपीओ बिक्री अनुमति

images

  • २०८० भदौ ७, बिहीबार
  • 1.5K
    SHARES
  • भिजन लुम्बिनीले पायो ३८ करोड २५ लाखको आईपीओ बिक्री अनुमति

     

    भदौ ७ ,काठमाडौं : भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले ३८ करोड २५ लाख रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)बिक्री गर्न अनुमति पाएको छ ।

    पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले भदौ ५ गते मंगलबार भिजन लुम्बिनीलाई आईपीओ निष्काशन गर्न अनुमति दिएको हो । कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ दरका ३८ लाख २५ हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डबाट अनुमति पाएको हो ।

    कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र सर्वसाधारणलाई गरी सो संख्यामा सेयर बिक्रीको अनुमति पाएको  बताइएको छ ।  कम्पनीले जारी पुँजी १ अर्ब ९१ करोड २५ लाख रुपैयाँ बराबरको २० प्रतिशत सार्वजनिक निष्कासन गर्ने भएको हो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ