२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजार: नेप्सेमा उच्च गिरावट

images

  • २०८० भदौ ७, बिहीबार
  • 916
    SHARES
  • सेयर बजार: नेप्सेमा उच्च गिरावट

    भदौ ७,काठमाडौं : बिहीबार बजार परिसूचक नेप्से ३१.५२ अंकको उच्च गिरावट हुँदा २०१३.९३ मा रोकिएको छ ।   बुधबारको तुलनामा बिहीबार नेप्से १.५४ प्रतिशतले घटेको हो । 

    नेप्सेमा सम्पूर्ण उपसूचमा गिरावट भएका छन् । बिहीबार वित्त कम्पनी उपसूचक सर्वाधिक २.९२ प्रतिशतले गिरावट हुँदा बुधबार सबैभन्दा धेरै बढेको हाइड्रोपावर उपसूचक बिहीबार २.५० प्रतिशतले गिरावट भएको छ । जीवन बीमा, निर्जीवन बीमा र विकास बैंक उपसूचकमा पनि २ प्रतिशतभन्दा माथिको गिरावट भएको छ ।

    नेप्सेमा गिरावट भएपनि कारोबार रकम भने डेढ अर्ब नाघेको छ । बिहीबार नेप्सेमा ४० हजार ८०० वटा कारोबारमा ४६ लाख ५७ हजार १३७ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा १ अर्ब ५५ करोडको कारोबार भएको छ ।

    सोल्टी होटलको सर्वाधिक ७ करोड ८८ लाखको कारोबार हुँदा घोराही सिमेन्टको ६ करोड ९५ लाख र शिवम् सिमेन्टको ५ करोड १६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    बिहीबार नेप्सेमा कुल २२७ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा २०६ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । १७ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ४ कम्पनीको स्थिर छ ।

    नेप्सेमा सूचीकृत भएर कारोबार सुरु भएसँगै लगातार सकारात्मक सर्किट लाग्दै आएको कुथेली बुखारी हाइड्रोपावरको सेयरमूल्य बिहीबार पनि ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट मूल्यमा बन्द भएको छ ।

    त्यस्तै मकर जितुवामाई सुरु हाइड्रोपावरको सेयरमूल्य ५.९९ प्रतिशत र सामुदायिक लघुवित्तको सेयरमूल्य १.९९ प्रतिशतले वृद्धि भएको छ । यता मोलुङ हाइड्रोपावरको सेयरमूल्य ८.५४ प्रतिशतले गिरावट हुँदा समता घरेलु लघुवित्तको सेयरमूल्यमा ८.०९ प्रतिशतले गिरावट भएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ