२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

समृद्धि यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन :गृहमन्त्री श्रेष्ठ

images

  • २०८० भदौ ८, शुक्रबार
  • 871
    SHARES
  • समृद्धि यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन :गृहमन्त्री श्रेष्ठ

        
    भदौं ८,काठमाडौं :उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्राप्त उपलब्धिको रक्षाका लागि सरकार, सदन र सडकको मोर्चालाई प्रभावकारी बनाउन निर्देशन  दिनु भएको छ । 

    शुक्रबार ललितपुरको लगनखेलमा भएको पार्टी प्रवेश कार्यक्रममा उहाँले प्राप्त उपलब्धिको रक्षा गर्दै सामाजिक, आर्थिक रूपान्तरणको नेतृत्व माओवादीले मात्र गर्नसक्ने दाबी गर्दै तीनवटै मोर्चा प्रभावकारी बनाउन निर्देशन  दिनु भएको हो । 

    एमालेप्रति लक्ष्ति गर्दै  उहाँले संसद विघटन गरेर परिवर्तनमाथि प्रतिगमन लाद्न खोजिएको आरोप  लगाउनु भएको छ ।  तर त्यसलाई माओवादीकै नेतृत्वमा भएको आन्दोलनले परास्त गरेको उहाँको भनाई छ ।  त्यस्तै जुनजुन बेला माओवादी नेतृत्वमा सरकार बनेको त्यसबेला सामाजिक, आर्थिक रुपान्तर र जनताको हितमा काम गरेको  उहाँले जिकिर  गर्नु भयो । 

    मन्त्री श्रेष्ठले भ्रष्टाचार नियन्त्रण गर्न तस्करीलाई पक्राउ गरी त्यसको जरैसम्म पुग्न सरकारले निष्पक्ष छानबिन गरी अगाडि बढिरहेको दाबी गर्नु भयो ।  

    ‘समृद्धिको यात्रालाई अगाडि बढाउन सुशासन पहिलो सर्त भएकाले भ्रष्टाचारी, कमिसन खोरी, काला बजारी, ठगी गर्नेलगायत दण्डहीनताको अन्त्य गरी सुशासन कायम गर्न सरकारले अगाडि बढिरहेको छ । सुशासनमार्फत समृद्धिको यात्राको नेतृत्व माओवादीबाहेक अन्यले गर्न सक्दैन ’, उहाँले भन्नु भयो । 

    सुशासनको अभियान चलाएपछि जनतामा नयाँ आशा पलाएको जिकिर गर्दै उहाँले अभियानबाट आतंकित भएकाहरूले सरकारविरुद्ध आक्रमण गरी असफल बनाउन लागिरहेको बताउनु भयो । उहाँले  दलाल नोकरशाही पुँजीपति वर्गविरुद्धको लडाइँमा सरकार प्रतिबद्ध रहेको  बताउनु भयो । 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ