२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वर्षाका कारण मदन भण्डारी लोकमार्ग फेरि अवरुद्ध

images

  • २०८० भदौ ८, शुक्रबार
  • 1.4K
    SHARES
  • वर्षाका कारण मदन भण्डारी लोकमार्ग फेरि अवरुद्ध

        
    भदौं ८,काठमाडौं :लगातार वर्षाका कारण मदन भण्डारी लोकमार्ग पुनः अवरुद्ध भएको छ। राजमार्गको उदयपुरको उदयपुरगढी गाउँपालिका(६ स्थित मौवासी खोला नजिकको पहिरो बगेर सडक पुरिँदा बिहीबार रातिदेखि सडक अवरुद्ध भएको हो। 

    बिहीबार बिहानदेखि निरन्तर पानी परेर सडकमाथि पहिरो खस्दा ५० मिटर सडक अवरुद्ध भएको आयोजना कार्यालय प्रमुख गोपालप्रसाद खकुरेलले बताउनु भयो ।  

    अवरुद्ध सडक सञ्चालन गर्न कार्यालयले जेसिबी र लोडर प्रयोग गरे पनि पानी नरोकिएका कारण सम्भव नभएको उहाँले बताउनु भयो ।

    सडक अवरुद्ध हुँदा शुक्रबार बिहानैदेखि पूर्वबाट राजधानी काठमाडौं र काठमाडौंबाट पूर्वतर्फ हिँडेका सवारी साधनहरू वारिपारि नै सडकमा जाम लागेर बसेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ