भदौ ८, काठमाडौं : पालिका स्तरिय युवा भेला तथा एकदिने प्रस्तावना र प्रतिवेदन लेखन सम्बन्धि तालिम सम्पन्न भएको छ। दोर्दी गाउपालिका युवा तथा खेलकुद बिकास समितिको आयोजनामा भएको भेला शुक्रबार दोर्दी गाउपालिका भित्र रहेको युवा क्लवहरुबाट ५० जना युवाहरुको सहभागीतामा सम्पन्न भएको हो।
युवा तथा खेलकुद बिकास समितिका अध्यक्ष दिल बहादुर मगरको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा दोर्दी गा.पा.का निमित्त प्रमुख प्रशासकीय अधिकृत भिम लामिछाने उपस्थित हुनुभएको थियो।
त्यस्तै, गरि युवा तथा खेलकुद बिकास समितिका पुर्व अध्यक्ष प्रशुराम गुरुङ, वर्तमान कार्यसमितिका कोषाध्यक्ष एलिना खड्का, सदस्यहरु थपरी गुरुङ र लिला बहादुर गुरुको सक्रिय उपस्थिती रहेको थियो।
बिषयवस्तु सम्बन्धि सहजीकरणका लागि प्रशिक्षकको रुपमा लेखक तथा निर्देशक केदार बोहरालाई जिम्मेवारि प्रदान गरिएको थियो। कार्यक्रममा दोर्दी गाउँपालिका भित्र रहेका सम्पुर्ण युवा क्लवहरुबाट अध्यक्ष र सचिव साथसाथै युवाहरूको भेलामा सहभागी भई तालिम प्राप्त गरेका थिए।







