२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

निषेधाज्ञाका कारण सुनसान धरान

images

  • २०८० भदौ ९, शनिबार
  • 1.2K
    SHARES
  • निषेधाज्ञाका कारण सुनसान  धरान

     भदौ ९,काठमाडौं :निषेधाज्ञाका कारण शनिबार पूर्वी शहर धरान सुनसान देखिएको छ । धार्मिक अभियान्ताको प्रदर्शनमा सामाजिक सद्भाव भड्किन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले शुक्रबार रातिदेखि धरानमा निषेधाज्ञा जारी गरेको हो  ।

     गोरु काटेर मासु खाएको भिडियो सार्वजनिक भएसँगै त्यसको विरुद्धमा विभिन्न हिन्दू संगठनले धरानमा धार्मिक र्‍याली आयोजना गरेका हुन्। शनिबार विहानदेखि धरान प्रवेश नाकामा प्रहरीले कडाइ गरेको थियो । त्यसैले अन्य क्षेत्रबाट धरानमा प्रवेश सहज छैन ।

    धरानकै बासिन्दा पनि घरबाहिर निस्केका छैनन् । बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।धरानमा अत्यावश्य सेवाका बाहेक अन्य गाडीहरु चल्न बन्देज गरिएको छ । पसलहरु खुलेका छन् तर मानिसहरुलाई समूहमा हिँडडुल गर्न र भेला हुन दिइएको छैन ।

    शनिबार दिउँसो धरानको मुख्य बजार क्षेत्र भानुचोक पुग्दा फाट्टफुट्टमात्र सर्वसाधारण देखिएका छन् । धरान प्रवेश गर्ने सवारी साधनलाई चेकजाँच गरेर मात्रै पठाइएको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ