२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको छ : अर्थमन्त्री महत

images

  • २०८० भदौ १०, आइतबार
  • 1.5K
    SHARES
  • एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको  छ :  अर्थमन्त्री  महत

     भदौ १०, काठमाडौं : अर्थमन्त्री डा.प्रकाशशरण महतले नेपालले दक्षिण एसियाका एक अर्ब भन्दा बढी जनसंख्याको पानीको स्रोत नेपाल रहेको बताउनु भएको छ ।

    विश्व वातावरण कोषको सातौं एसेम्बली बैठकमा बोल्दै उहाँले  यस्तो बताउनु भएको हो । उहाँले ४५ प्रतिशत वन क्षेत्र संरक्षण गरेर नेपालले मानव समुदायको स्वास प्रश्वासका लागि अक्सिजन प्रवाह गरिरहेको पनि बताउनु भयो । 

    उहाँले नेपालले जैविक विविधता तथा वातावरण संरक्षणमा इमान्दार प्रयास गरिरहेको बताउँदै दुर्लभ तथा संकटापन्न जंगली जनावरको संरक्षण गरेको पनि बताउदै  त्यसको नतिजा स्वरुप नेपालमा बाघ र एकसिंगे गैडाको संख्या उल्लेख्य रुपमा बढेको पनि दाबी गर्नु भयो । 

    प्रयासका बाबजुद नेपाल जलवायु परिवर्तनका दृष्टिकोणले नेपाल विश्वको १० औं उच्च जोखिमयुक्त मुलुकमा परेको र पछिल्ला दिनहरुमा बाढी पहिरो अतिवृष्टि, सुख्खा साथै हिमताल बिस्फोटको जोखिम समेत बढेको उहाँको भनाई छ । 

    नेपालको तापक्रम सन् २०३० सम्ममा ०.५ देखि २.० डिग्री सेल्सियसले बढ्ने अनुमान रहेको र यसबाट हुने असर र प्रभावसँग सामना गर्न सन् २०५० सम्ममा करिब ५० अर्ब अमेरिकी डलर भन्दा बढी लगानी आवश्यक रहेको उहाँको भनाई छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ