२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

images

  • २०८० भदौ १०, आइतबार
  • 1.4K
    SHARES
  • माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन खुल्यो

     भदौ १०,काठमाडौं : माण्डु हाइड्रोपावर लिमिटेडले प्राथमिक सेयर (आईपीओ)आवेदन खुला गरेको छ । कम्पनीले आइतबारदेखि प्रिमियममा मूल्यमा सर्वसाधारणलाई आईपीओ निष्कासन खुला गरेको हो ।

    आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि सर्वसाधारणबाट आवेदन माग गरेको हो ।

    कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १२ प्रतिशतले हुने १६ लाख ३६ हजार ३७० कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँ प्रति कित्ताको दरले सेयर निष्कासन गर्ने स्वीकृति कम्पनीले पाएको हो ।

     


    सार्वजनिक निष्कासन गर्न अनुमति पाएको मध्ये जारी पूँजीको २ प्रतिशतले हुने २ लाख ७२ हजार ७३० कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरी बाँडफाँट गरीसकेको छ । स्थानीय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा बिक्री नभएको ७९ हजार ३० कित्ता सहित समेत थप गरेर कम्पनीले सर्वसाधारण्को लागि सेयर निष्कासन गर्न लागेको हो ।

    यसका साथै कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने १ लाख ३६ हजार ३६४ कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्कासन गरेर बाँडफाँट गरिसकेको छ ।


    कम्पनीले आयोजना प्रभावित स्थानियलाई बिक्री नभएको सेयर समेत थप गरेर कुल १३ लाख ६ हजार ३०६ कित्ता सेयर निष्कासन गर्न लागेको हो। जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ भने ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १२ लाख ५ हजार ३२० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

    कम्पनीको आईपीओमा छिटोमा १३ भदौ र उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने अवधि २४ भदौसम्म लम्बिनेछ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ