२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
२९औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४

एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मा अवलोकनकर्ताको आकर्षण, कम्पनीहरूबाट विशेष छुट र अफर घोषणा 

images

  • २०८० माघ २७, शनिबार
  • 876
    SHARES
  • एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ मा अवलोकनकर्ताको आकर्षण, कम्पनीहरूबाट विशेष छुट र अफर घोषणा 

    काठमाडौँ : भृकुटीमण्डपमा बिहीबार देखी सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँ नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ।

    इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा सङ्घसंस्थाहरूले आफ्नो ब्रान्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन्। प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आइटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासङ्घका अध्यक्ष रण जीत पोदारले बताए।

    इन्फोटेकको शीर्ष प्रायोजक एस पावर बीपीई प्राइभेट लिमिटेडले नेपालका शैक्षिक सङ्घसंस्थाका लागि उपयोगी हुने स्मार्ट बोर्डसहित यूपीएस, अटोमेटिक भोल्टेज रेगुलेटर, वाटर पम्प लगायतका प्रविधिहरूको विशेष प्रदर्शनी गरिरहेको छ। यी उत्पादनमा इन्फोटेक अवधिभर कम्पनीले अधिकतम ४० प्रतिशतसम्म छुट घोषणा गरेको छ। त्यस्तै इन्फोटेकको सह प्रायोजक एचएमसी दहुआले दहुआ ब्रान्डका नेटवर्किङ प्रडक्टहरू, वायरलेस क्यामेरा, सीस क्यामेरा, स्मार्ट बोर्ड तथा अन्य सेक्युरिटी प्रडक्टहरू विशेष छुटसहित प्रदर्शनीमा राखेको छ।

    त्यस्तै नेपाल टेलिकमले इन्फोटेकलाई लक्षित गर्दै फाइबर इन्टरनेटमा विशेष प्याकेज घोषणा गरेको छ। यसअन्तर्गत १२ हजार रुपैयाँमै एक वर्षका लागि ५० एमबीपीएस इन्टरनेट प्याकेज ल्याएको छ। जसमा ग्राहकले सेट टप बक्स निःशुल्क पाउनुका साथै ल्यान्ड लाइनमार्फत ३०० मिनेट कल र प्रतिदिन ६०० एमबी मोबाइल डेटा पाउनेछन्। अर्को इन्टरनेट सेवा प्रदायक डिशहोम फाइबर नेटले विशेष छुटसहित २०० एमबीपीएस र ३०० एमबीपीएसका प्याकेजमा इन्टरनेट, डीटीएच कम्बो तथा आईटीभी कम्बो अफर ल्याएको छ।

    इन्फोटेकमा स्वदेशी सफ्टवेयर कम्पनी इन्फोडेभलपर्स प्रालिले बैङ्क तथा वित्तीय संस्थाका लागि उपयोगी ‘बजेट ३६०’ नामको सफ्टवेयर सार्वजनिक गरेको छ, जसमा इन्फोटेक अवधिभर २५ प्रतिशत छुट घोषणा गरिएको छ। प्रदर्शनीमा चर्चित ब्रान्डहरूका ल्यापटप तथा गेमिङ पिसीमा युवा अवलोकनकर्ताको विशेष चासो देख्न सकिन्छ। कम्पनीहरूले पनि यी उत्पादनमा ‘क्यान अफर’ भन्दै विशेष छुट ल्याएका छन्।

    इन्फोटेकका अवलोकनकर्ताका लागि आइटी तालिम प्रदायक ब्रोडवे इन्फोसिसले आफ्ना हरेक आइटी कोर्समा १८ प्रतिशत छुट दिने घोषणा गरेको छ। त्यस्तै नेपाली ब्रान्ड अस्ट उल्फले पनि यही अवसरमा आफ्ना स्मार्टवाच, इयरबड, हेडफोन, स्पिकर, नेकब्यान्ड, चार्जर लगायतका एक्सेसरिजमा २० प्रतिशत छुट दिँदै ग्राहक आधार र बजार विस्तार गरेको छ। साथै अवलोकनकर्तालाई आफ्नो स्टलमा तान्न कम्पनीहरूले विभिन्न गेम तथा लक्की ड्र पनि सञ्चालन गरिरहेका छन्।

    इन्फोटेककै अवसरमा ‘कता हो’ नामक डिजिटल ठेगाना प्लेट प्रणाली सार्वजनिक भएको छ । यस प्लेटफर्मबाट केही मिनेटभित्रै नेपालका हरेक घरले आफ्नो घर ठेगाना प्लेट तयार गर्न सक्नेछन्। त्यस्तै नेपालको पहिलो बग बाउन्टी प्लेटफर्मका रूपमा परिचित ‘बगभी’को स्टलमा साइबर सुरक्षा अनुसन्धानकर्मी तथा जिज्ञासुहरूको आकर्षण देखिन्छ। साथै इन्फोटेकमा आफ्नो स्टल भिजिट गर्ने विद्यार्थीले ‘एमएस्सी आईटीएम’ डिग्रीमा विशेष छुट दिने कलेजले जनाएको छ । यसअन्तर्गत ६ लाख शुल्क लाग्ने यो डिग्री अब साढे ४ लाखमै पढ्न पाइनेछ।

    इन्फोटेककै अवसर पारी एफवन सफ्ट ग्रुपले ‘जुम जुम’ नामको राइड शेयरसङ प्लेटफर्म घोषणा गरेको छ। यसअन्तर्गत ग्राहकले प्रोमोकोड प्रयोग गरी पहिलो तीन राइड सेवा निःशुल्क लिन पाउने भएका छन्। त्यस्तै सिजी डिजिटलले इन्फोटेकका अवसरमा एक्सचेन्ज अफर घोषणा गरेको छ। यसअन्तर्गत जुनसुकै ब्रान्डका विद्युतीय उपकरण दिएर ग्राहकले नयाँ उपकरण खरिद गर्न सक्नेछन्। साथै नयाँ उपकरण किन्दा २० प्रतिशत छुटसमेत पाउनेछन्।

    त्यस्तै नेपाली स्टार्टअपहरू ठुलो डटकम, यार्सा टेक, कारोबार एप, आकाश एसएमएस, स्किल सेवा लगायतका स्टलमा पनि अवलोकनकर्ताको घुइँचो लागेको छ। क्यान इन्फोटेकको अर्को आकर्षणमा काठमाडौँ मेट्रो आइडिया एन्ड इनोभेसन प्याभिलियन रहेको छ। यस अन्तर्गत काठमाडौँ महानगरले १० उत्कृष्ट स्टार्टअपहरूलाई  इन्फोटेकमा सहभागी गराएको छ। यसबाट स्टार्टअपलाई आफ्ना ग्राहकसँग जोड्न मद्दत मिल्ने तथा नागरिकहरूमाझ स्टार्टअप र उद्यमशीलता मानसिकता प्रवर्द्धन गर्ने विश्वास लिइएको छ।

    त्यसबाहेक नेपाली सफ्टवेयर कम्पनीहरू, आइटी ट्रेनिङ प्रोभाइडर, आइटी कलेजहरूले इन्फोटेकमा आउने अवलोकनकर्ताका लागि विशेष स्किम घोषणा गरेका छन्। अर्कोतर्फ कम्प्युटर र एक्सेसरिज लगायतका ब्रान्डले अवलोकनकर्ता आकर्षित गर्न सोही अनुसारका छुट तथा अफर सञ्चालन गरेका छन्। यस अन्तर्गत केही कम्पनीहरूले इन्फोटेकका अवसरमा ल्यापटप, गेमिङ पिसी लगायतका प्रडक्टका लागि फ्री सर्भसिङ अफर ल्याएका छन्।

    त्यस्तै नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को सूचना प्रविधिमैत्री बसमा पनि अवलोकनकर्ताको आकर्षण देखिएको छ। विभिन्न ब्रान्डका केही कम्पनीहरूले अवलोकनकर्ताका लागि भन्दै प्रदर्शनीको अवसरमा ५० प्रतिशतभन्दा बढीको छुट दिइरहेका छन् । छुट धेरै हुने भएकाले केही ब्रान्डका पोर्टे बल एक्सेसरिजमा अवलोकनकर्ताको बढी भीड लाग्ने गरेको आयोजक क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले जानकारी दिए । 

    प्रदर्शनीमा नेपालको नवीनतम सोच ९इनोभेसन० र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरूलाई निःशुल्क स्टलहरू समेत उपलब्ध गराइएको छ। शुक्रवार विभिन्न कलेज तथा विद्यालयबाटबाट उल्लेख्य सङ्ख्या आएका विद्यार्थीले माहौल थप बढाएको थियो। शुक्रवार क्यान इन्फोटेकमा चाइल्ड डेभलपमेन्ट प्रोग्राम नेपाल (सीडीपीएन), महादेव बेसी, धादिङबाट सयभन्दा बढी विद्यार्थी अवलोकन गर्न आएका थिए। 

    आयोजक क्यान महासङ्घले क्यान इन्फोटेकका लागि ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ। करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ। यसैबिच इन्फोटेक हेर्न शुक्रवार नेपाली राष्ट्रिय टिमका कप्तान रोहित पौडेलसमेत आएका थिए। सो अवसरमा उनले नेपाली युवाले विकास गरेका नयाँ प्रविधिले आफूलाई आकर्षित गरेको प्रतिक्रिया दिए।

    त्यस्तै शक्रबार नै कोरिया फुड फर द हङ्ग्री इन्टरनेसनल (केएफएचआई)का नेपाल निर्देशक जेम्युन पार्कले पनि क्यान इन्फोटेक अवलोकन गरेका थिए। यो प्रदर्शनीलाई सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरू, नीति निर्माता, राजनीतिज्ञ लगायतले अवलोकन गर्ने कार्यक्रम छ। त्यस्तै इन्फोटेकमा शनिवार नेपालमै विकास गरिएको कान्छी रोबोट विशेष सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ