२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
२९औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४

आज दिउँसो १ बजे एस पावर क्यान इन्फोटेक २०२४ मा‘कान्छी’ रोबोट सार्वजनिक हुने

images

  • २०८० माघ २७, शनिबार
  • 1.5K
    SHARES
  • आज दिउँसो १ बजे एस पावर क्यान इन्फोटेक २०२४ मा‘कान्छी’  रोबोट सार्वजनिक हुने

    काठमाडौँ : भृकुटीमण्डपमा बिहीबार देखी सुरु भएको वृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा अवलोकनकर्ताको आकर्षण बढेको छ। नयाँ नयाँ प्रविधि र समाधानसहित सहभागी कम्पनीका स्टलमा अवलोकनकर्ताको चासो देखिएको छ। 

    त्यस्तै, इन्फोटेकमा आज शनिवार दिउँसो १ बजे कान्छी रोबोट सार्वजनिक गर्ने विशेष कार्यक्रम रहेको छ। हाम्रै नेपाली युवाहरूद्वारा नेपालमै विकास गरिएको जेनेरेटिभ एआई सिष्टम‘कान्छी’ रोबोट भएको महासचिव अधिकारीले जानकारी दिनु भयो।

    इन्फोटेकलाई लक्षित गर्दै प्रदर्शनी स्थलमा विभिन्न प्रविधि कम्पनी तथा सङ्घसंस्थाहरूले आफ्नो ब्रान्ड प्रवर्द्धनसँगै विशेष छुट र अफर घोषणा गरेका छन्। प्रदर्शनीमा इन्टरनेट सेवा प्रदायक, स्थानीय सफ्टवेयर, कम्प्युटर तथा एक्सेसरिज, आइटी ट्रेनिङ तथा इन्स्टिच्युट, स्टार्टअप तथा इनोभेसन, नेटवर्किङ प्रडक्ट लगायतका स्टलमा अवलोकनकर्ताको बढी आकर्षण देखिएको क्यान महासङ्घका अध्यक्ष रण जीत पोदारले बताउनु भयो।

    प्रदर्शनीमा नेपालको नवीनतम सोच (इनोभेसन) र स्टार्टअपलाई प्राथमिकतामा राखिएको महासचिव अधिकारीले जानकारी दिए। उनका अनुसार प्राथमिकतामा राखिएकै कारण इनोभेसन र स्टार्टअपहरूलाई निःशुल्क स्टलहरू समेत उपलब्ध गराइएको छ। 

    आयोजक क्यान महासङ्घले क्यान इन्फोटेकका लागि ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाएको छ। करिब १५० ओटा स्टल सहित सञ्चालन भइरहेको यो प्रदर्शनी सोमवारसम्म चल्ने छ।

    ईसेवा मार्फत क्यान इन्फोटेकको टिकेट खरिद गर्न सकिने छ। यस अन्तर्गत सर्वसाधारणका लागि रु १०० र विद्यार्थीका लागि रु ५० शुल्क तोकिएको छ। ज्येष्ठ नागरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ