२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन

images

  • २०८० भदौ २०, बुधबार
  • 1.2K
    SHARES
  • राजनीतिक कार्यक्रममा सहभागी नहुन  शिक्षकलाई निर्देशन


    भदौ २०,काठमाडौं :गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका शिक्षकलाई राजनीतिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको छ ।

    पालिकाभित्र हुने गरेका राजनीतिक कार्यक्रममा शिक्षकको सक्रिय सहभागिता रहेको फोटो तथा भिडियो सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँपालिकाले सार्वजनिक सूचनामार्फत राजनीतिक कार्यक्रममा सहभागी नहुन शिक्षकलाई निर्देशन दिएको हो ।

    ‘शिक्षा नियमावली २०५९ तथा शिक्षक आचारसंहिताले शिक्षक तथा निजामती सेवा नियमावली २०५० ले निजामती कर्मचारी कुनै प्रकारको राजनीतिक गतिविधिमा संलग्न हुन नपाउने व्यवस्था गरेको छ’, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रिजेश उपरकोटीले भन्नु भयो ,त्यसले कोही पनि राजनीति कार्यक्रममा सहभागी हुन पाइदैन् । गाउँपालिकाको निर्देशन उल्लङ्घन गरी राजनीतिक कार्यक्रममा सहभागी भएको पाइएमा विभागीय सजाय हुन्छ ।’


    सामाजिक सञ्जालमार्फत राजनीतिक कार्यक्रममा शिक्षकको सहभागिता भएको सन्दर्भमा गाउँपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले सार्वजनिक गुनासो र चासोका आधारमा शिक्षकलाई सूचनामार्फत सचेत गराएको  बताउनु भयो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ