२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
२९ औँ संस्करणको एस पावर क्यान इन्फोटेक २०२४

अब प्रदेशस्तरीय प्रदर्शनी हुने भन्दै भव्यताका साथ सम्पन्न भयो २९ औँ क्यान इन्फोटेक २०२४

images

  • २०८० फागुन १, मंगलबार
  • 2.2K
    SHARES
  • अब प्रदेशस्तरीय प्रदर्शनी हुने भन्दै भव्यताका साथ सम्पन्न भयो २९ औँ क्यान इन्फोटेक २०२४

    काठमाडौँ : कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान महासङ्घ) ले आयोजना गरेको बृहत् सूचना तथा सञ्चार प्रविधि प्रदर्शनी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ सम्पन्न भएको छ। राजधानीको भृकुटीमण्डपमा माघ २५ देखि २९ गतेसम्म भएको यो प्रदर्शनी क्यान इन्फोटेकको २९औँ संस्करण हो।

    सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले गत बिहीबार एक विशेष समारोहमाझ २९औँ संस्करणको क्यान इन्फोटेक २०२४ समुद्घाटन गरेकी थिइन्। सो अवसरमा नेपाल सरकारका विशिष्ट अधिकारीहरूसहित निजी क्षेत्र तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    29th edition of CAN Info-Tech 2024.jpeg

    पाँच दिनसम्म चलेको प्रदर्शनीमा हरेक दिन नेपाल सरकार तथा मातहतका निकायका तर्फबाट विशिष्ट अधिकारीहरू, स्थानीय तहका जनप्रतिनिधिदेखि प्रदेशसभा, राष्ट्रियसभा र प्रतिनिधिसभाका सांसदहरू, विभिन्न राजनीतिक दल सम्बद्ध नेता, योजना आयोगका अधिकारीहरू, नीति निर्माता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका व्यवसायी, कलाकार, समाजसेवी, विद्यार्थी तथा सूचना प्रविधि प्रेमीले अवलोकन गरेका थिए।

    सोमबार ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ को अन्तिम दिन प्रतिनिधि सभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ नेता रवीन्द्र मिश्र,  वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, मिस नेपाल २०२३ श्रीच्छा प्रधान, मिस नेपाल २०१९ एवं काठमाण्डौं महानगरपालिकाका सिटी ब्रान्डिङ एडवाइजर अनुष्का श्रेष्ठ लगायतका विशिष्ट अतिथिले प्रदर्शनीको प्रत्यक्ष अवलोकन गरेका थिए।

    Infotech 2024 5th Day.jpeg

    इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्व स्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आइटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा अवलोकनकर्ताको विशेष चासो देखिएको क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले बताए।

    यस पटकको इन्फोटेकमा नेपाली युवाका नवीनतम सोच, उत्पादन तथा समाधानलाई प्राथमिकता देखिएको बताउँदै महासचिव अधिकारीले डिजिटल साक्षरता, ब्लक चेन प्रविधि, एआई, साइबर सुरक्षा लगायतका पक्षमा नेपालको सूचना प्रविधि क्षेत्रलाई तयार पार्न सहयोग पुगेको भनाइ राखे। प्रदर्शनीमा नेपाली स्टार्टअप र इनोभेसनबारे बुझ्न चाहने अवलोकनकर्ताको सङ्ख्या उल्लेख्य रहेको थियो । आयोजकले यस्ता सोच तथा आविष्कारलाई प्रश्रय दिन निःशुल्क स्टलको व्यवस्था गरेको थियो।

    यस संस्करणको इन्फोटेक उत्साहजनक रूपमा सफल भएको र सकारात्मक प्रतिक्रिया प्राप्त भएको क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले बताए। उनले प्रदर्शनीका सम्पूर्ण प्रायोजक, प्रदर्शनीकर्ता कम्पनीहरू, सहयोगी संस्थाहरू, मिडिया तथा सूचना प्रविधि प्रेमी अवलोकनकर्तालाई धन्यवाद समेत दिए।

    क्यान इन्फोटेक २०२४ को मुख्य प्रायोजकमा एस पावर बीपीई प्राइभेट लिमिटेड र सह-प्रायोजकमा एचएमसी दहुआ रहेको छ। प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘’एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुवा (S-power CAN Info-Tech 2024 in association with HMC DAHUA) रहेको छ। 

    त्यस्तै क्यान इन्फोटेक २०२४ प्लाटिनम स्पोन्सरमा लर्डबुद्ध एजुकेसन फाउन्डेसन, डायमन्ड स्पोन्सरमा नेपाल टेलिकम तथा गोल्ड स्पोन्सरहरूमा इन्फोडेभलपर्स प्रा लि र मर्कन्टाइल अफिस सिस्टम प्रा लि रहेका छन्। त्यस्तै सिल्भर स्पोन्सरहरूमा अर्न सिक्का (अनलिमिटेड टेक्नोलोजी प्रालि), इन्सेसेन्ट रेन प्रा लि (Incessant Rain) र हिमकम एनटेक रहेका छन्। 

    प्रदर्शनीको टिकेटिङ पार्टनरमा ई सेवा प्रालि, इन्टरनेट पार्टनरमा डिश मिडिया नेटवर्क प्रा लि, इनोभेसन पार्टनरमा एड्रेसग्राफ नेपाल प्रा लि, इन्स्योरेन्स पार्टनरमा आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड, ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस प्रा लि, डिजिटल डिस्प्ले पार्टनरमा डिलक्स रेडियो सर्भिस, एजुकेसन पार्टनरमा पाटन कलेज फर प्रोफेसनल स्टडिज (पीसीपीएस कलेज) रहेका छन्।

    त्यस्तै फुड एन्ड बेभरेज पार्टनरमा र्यारकेट बार एन्ड इभेन्टस र फाइबसाइट सोलुसन प्रा लि, भर्चुअल एक्जिबिसिन पार्टनरमा मण्डला सिस्टम प्राइभेट लिमिटेड, ईआरपी पार्टनरमा डाईनामीक टेक्नोसफ्ट प्रा.लि., स्मार्ट गेट पार्टनरमा बारकोट नेपाल, सिसिटिभी पार्टनरमा एचएमसी दहुआ र एसएमएस पार्टनरमा जानकी टेक्नोलोजी प्रा लि रहेका छन्।

    S-Power CAN Info-Tech 2024 in association with HMC Dahua.jpeg

    प्रदर्शनीलाई सफल पार्न देश भित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट), सुबिसु केबल नेट, एसर, इन्जिनियर भ्लग, नेपाल रोबोटिक्स एकेडेमी, मेन्टोरल्याब नेपाल (MentorLab Nepal) लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा असोसियो (ASOCIO) Asian-Oceanian Computing Industry Organization, WITSA (The World Innovation, Technology and Services Alliance) र टी ओए सफ्टवेयर कर्प (Toa Software Corp.) को सहयोग रहेको छ।

    प्रदर्शनी स्थलमा रहेको ब्रान्डिङ कक्षमा देश विदेशका विभिन्न कम्पनी एवं ब्रान्डहरूको उपस्थिति रहेको थियो । यसअन्तर्गत फिन्टेक, इन्टरनेट सेवा प्रदायक, टेलिकम सेवा प्रदायक, हार्डवेयर सेल्स तथा मेन्टेनेन्स, पावर सोलुसन्स लगायत रहेका थिए। त्यस्तै यस पटक स्टार्टअप, इनोभेसन, कलेज तथा तालिम केन्द्रहरू, सफ्टवेयर सोलुसन्सका साथै कम्प्युटर डिभाइससँग सम्बन्धित कम्पनीका लागि विशेष स्थान दिइएको थियो।

    प्रदर्शनीमा करिब १५० स्टलको सहभागिता रहेको थियो, यसअन्तर्गत प्रदर्शनीकर्ता कम्पनीहरूले आफ्ना वस्तु तथा सेवा उपभोक्तामाझ प्रवर्द्धन गरेका थिए। साथै यही अवसरमा कम्पनीहरूले आफ्ना उत्पादनमा ‘क्यान इन्फोटेक अफर’ दिँदै छुट तथा आकर्षक योजना पनि सार्वजनिक गरे। 

    आफ्ना उपभोक्तासँग नजिकिन कम्पनीहरूले अन्तर्क्रिया र रमाइला खेल समेत सञ्चालन गरेका थिए। मेलाको अन्तिम दिन कम्पनीहरूले आफ्ना सेवा तथा उत्पादनको खरिद एवं बुकिङमा ३० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरेका थिए। 

    यसै बिच राजधानीमा राष्ट्रिय स्तरको क्यान इन्फोटेक सफलताका साथ सम्पन्न भएपछि सन् २०२४ भित्र सातै प्रदेशमा क्यान इन्फोटेक गर्ने योजना ल्याइएको छ। यसका लागि तयारी तीव्र पारि सकिएको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ