भदौ २६ काठमाडौँ : आज बिहान ११ः०० बजे नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ। पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिकरूपमा सचिवालय बैठक बस्न लागेको हो।
सचिवालय बैठक पार्टी कार्यालयमा बस्ने एमाले सचिव योगेश भट्टराईले जानकारी दिनुभयो। उहाँको पार्थीव शरीरलाई अहिले केहीबेरमा ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलिका लागि ल्याइँदै छ।
सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्याइएको थियो। उपचारको क्रममा उहाँका निधन भएको थियो।



