भदौं २८, काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको छ। केन्द्रीय सचिवालयको ६६औँ बैठकले केन्द्रीय कमिटीको कार्यविभाजनमा केही हेरफेर गरेको हो।
अध्यक्ष माधवकुमार नेपालले आज जारी गरेको अन्तरपार्टी निर्देशन (अपानि) मा संघीयनिर्वाचन क्षेत्रसम्म केन्द्रीय कमिटीका सदस्यलाई इन्चार्ज बनाउने गरी कार्यविभाजन गरिएको उल्लेख छ।
त्यसबाहेक सम्मानित नेता झलनाथ खनाल विदेश विभाग प्रमुख छन् भने उपप्रमुखमा उपाध्यक्ष प्रमेश हमालले जिम्मेवारी पाएका छन्। त्यस्तै प्रतिष्ठानहरुको इन्चार्जको जिम्मेवारी प्रदीप नेपालले पाएका छन्।
यस्तो छ अरू सदस्यको कार्यविभाजन



