२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

images

सत्कार खबर
  • २०८० वैशाख २५, सोमबार
  • 1.1K
    SHARES
  • नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

      काठमाडौं :सेयर कारोबारको दोस्रो दिन सोमबार नेप्से परिसूचक १६.९३ अंकले घटेर १८३३.६९ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स ०.६८ प्रतिशतले घटेर ३५२.३७ अडिएको छ।

    नेप्‍से घटेपनि सेयर कारोबार रकम भने आइतबारको तुलनामा बढेको छ। आज २७० कम्पनीको  २८ लाख १० हजार ६२७ कित्ता सेयर ८२ करोड  ४२ लाख १७ करोड १ रुपैयाँमा कारोबार भयो। अघिल्लो कारोबार दिन अर्थात् आइतबार २६३ कम्पनीको २० लाख १५ हजार ९५९ कित्ता सेयर ६० करोड ८१ लाख ३५ हजार ९४ रुपैयाँमा खरिदबिक्री भएको थियो।

    सो दिन नेप्सेपरिसूचक १९।१२ अंकले घटेर १८५०.६१ विन्दुमा पुगेको थियो। आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको सबैभन्दा बढि सेयर कारोबार भयो। सो कम्पनीको मूल्य ८.०५ प्रतिशतले बढ्यो। यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार ६.०८ प्रतिशतले बढ्यो।

    कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३ करोड ७८ लाख बराबर मूल्यको सेयर कारोबार भयो। २ करोड २५ लाख मूल्यको  कारोबार गरी हिमाल दोलखा हाइड्रोपावर कम्पनी दोस्रो स्थानमा रह्यो।

    यसदिन होटल्स एन्ड टुरिजम इन्डेक्सको सेयर मूल्य सर्वाधिक २।४४ प्रतिशतले ओरालो लाग्यो। फाइनान्स,हाइड्रोपावर,लाइफ इन्स्योरेन्स र नन लाइफ इन्स्योरेन्सको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ