२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

तराई–मधेस जागरण अभियान सम्बन्धमा माओवादीमा छलफल

images

  • २०८० फागुन १०, बिहीबार
  • 716
    SHARES
  • तराई–मधेस जागरण अभियान सम्बन्धमा माओवादीमा छलफल

    काठमाडौँ : नेकपा (माओवादी केन्द्र)ले तराई–मधेसका क्षेत्रमा पार्टीलाई जनतासँग जोड्ने उद्देश्यले तराई–मधेस (हुलाकी राजमार्ग) जागरण अभियानको तयारीका सम्बन्धमा छलफल गरेको छ। 

    पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा पार्टी मुख्यालय पेरिस डाँडामा आज बसेको स्थायी समिति बैठकमा आगामी चैत १ देखि १५ गतेसम्म सञ्चालन हुने दोस्रो चरणको अभियानका बारेमा छलफल भएको सचिव गणेश साहले जानकारी दिनुभयो। 

    उक्त अभियानको ‘रुट’का सम्बन्धमा पनि बैठकमा सामान्य छलफल भएको उहाँले बताउनुभयो। अभियान झापाको चन्द्रगढीबाट सुरु भएर वीरगन्ज, ठोरी, माडी चितवन हुँदै पश्चिम नेपालसम्म पुग्नेछ। हुलाकी राजमार्गलाई आधार मानेर अभियान सञ्चालन गर्ने माओवादीको तयारी छ।

    गत भदौदेखि पुससम्म देशभर चलेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष अभियान’ सफल भएको निष्कर्ष निकालेको माओवादीले तराई–मधेस लक्षित जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। आजको बैठकमा अघिल्लो रूपान्तरण अभियानको समीक्षासमेत भएको सचिव साहले जानकारी दिनुभयो।

    बैठकले अभियानको मूल्याङ्कन गर्दै सहयोग गर्नेलाई पुरस्कार र असहयोग गर्नेलाई दण्डको व्यवस्था गर्ने निर्णयसमेत गरेको छ। बैठकमा सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशका इन्चार्जले अभियानका बारेमा ‘रिपोर्टिङ’ गर्नुभएको थियो। स्थायी समिति बैठक भोलि अपराह्न १ बजे पुनः बस्ने तय भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ