२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति

images

  • २०८० असोज ५, शुक्रबार
  • 1.6K
    SHARES
  • सात बुँदे सहमतिमा राहत शिक्षकको असहमति

    असोज ५,काठमाडौं :सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रिय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताउनु भयो । 

    केही महासंघका प्रतिनिधि र सरकारबीच सहमति भयो । हाम्रो सहमति छैन, राहत शिक्षकको विषय सम्बोधन नभएपछि बाहिरिएका हौं । हामी विज्ञप्ति निकाल्छौ,’  उहाँले भन्नु भयो ।

    २०७५ सालभन्दा अगाडिका ४० हजार शिक्षकहरू विस्थापित नहुने गरि ऐन बन्नु पर्ने माग बैठकमा राखिएको तर सुनुवाइ नभएको उहाँको भनाई छ ।

    राहत शिक्षक केन्द्रीय महासचीव कुमार बजगाईँले आफूहरूका मागमा चासो नराखेका कारण अब शिक्षक महासंघबाट अलक भएर आन्दोलन जारी राख्ने चेतावनी  समेत दिनु भएको  छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ