२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

images

  • २०८० फागुन १५, मंगलबार
  • 1.6K
    SHARES
  • गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिनुभएको योगदानले गीत–सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशा निर्देशन गरिरहने बताउनु भएको छ। 

    आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जली अर्पण गर्नुहुँदै प्रधानमन्त्री दाहालले उहाँको योगदान मुलुकका लागि महत्त्वपूर्ण रहेको स्मरण गर्नुभयो। उहाँले स्व आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झन्डा ओढाएर सम्मान गर्नुभएको थियो।

    प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत-सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरूबाट आचार्यप्रति श्रद्धाञ्जली अर्पण चलिरहेको छ। उहाँको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ। 

    भजन शिरोमणि उपाधि पाउनुभएका उहाँको सोमबार ८२ वर्षको उमेरमा निधन भएको थियो। आचार्यलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै निधन भएको हो। 

    गायक आचार्यका दुई छोरा सत्यराज र स्वरूपराज पनि गीत-सङ्गीत क्षेत्रमै हुनुहुन्छ। विसं १९९९ मा धनकुटामा जन्मिनुभएका आचार्यले चार सयभन्दा बढी गीतमा स्वर तथा सङ्गीत दिनुभएको छ। नेपाली सुगम सङ्गीतमा उहाँको महत्त्वपूर्ण योगदान छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ