२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

images

  • २०८० असोज १३, शनिबार
  • 1.0K
    SHARES
  • प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्कँदै

    असोज १३, काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै हुनुहुन्छ।  प्रधानमन्त्रीको सचिवालयका अनुसार ८ दिने चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री प्रचण्ड आज बिहान ११ बजे काठमाडौं आइपुग्नेहुन्छ।

    चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल शुक्रबार तिब्बतको ल्हासाबाट छेन्दु जानुभएको थियो र उहाँलाई छेन्दु सिचुआन प्रान्तका उपगभर्नर याङ सिङपिङ लगायतले स्वागत गरेको थिए। 

    प्रधानमन्त्री दाहालले छेन्दुमा पाण्डा प्रजनन केन्द्रको अवलोकन गर्नुका साथै साँझ चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग दुईपक्षीय भेटवार्ता गरेका छन्।

    त्यस्तै,दाहालले बिहीबार कैलाश मानसरोवरको भ्रमण गरेका थिए। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन न्युयोर्क गएका दाहाल उतैबाट सिधै चीन जानुभएको थियो।

    चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली छ्याङलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय भेटवार्ता गरेका छन्। भेटवार्तामा दुई देशबीच १३ वटा समझदारीपत्रमा हस्ताक्षर भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ