२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

images

  • २०८० असोज १३, शनिबार
  • 1.7K
    SHARES
  • सुदुरपश्चिममा विद्यार्थी परिषदद्वारा शिक्षा कार्यशाला सम्पन्न

    असोज १३, काठमाडौं : प्राज्ञिक विद्यार्थी परिषद् नेपाल सुदूरपश्चिम प्रदेशद्वारा नेपालको शिक्षाको समग्र अवस्था, चुनौती र समाधान विषयमा शिक्षा कार्यशाला सम्पन्न भएको छ।

    77.jpg
    undefined


    शनिबार महेन्द्रनगरको भिमदक्त नगरपालिकामा शिक्षाविद्, विभिन्न विद्यालयका शिक्षकहरूको उपस्थितिमा एक दिने शिक्षा कार्यशाला सम्पन्न भएको हो।

    त्रिभुवन विश्वविद्यालय इतिहास विभागका प्रा.डा. बद्रिनारायण गौतमद्वारा प्रस्तुत कार्यपत्रमा सुदूरपश्चिम विश्वविद्यालय विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहाय डिन डा मदन सिंह देउपा र कैलाली बहुमुखी क्याम्पसका सह-प्राध्यापक डा.राजेन्द्रवीर चन्दज्यूले टिप्पणी गर्नु भएको थियो भने सुदूरपश्चिम विश्वविद्यालय मानविकी संकायका डिन प्रा.डा.मुकुन्द कलौनीले सत्रको अध्यक्षता गर्नु भएको थियो।

    शिक्षा कार्यशालामा परिषद्का प्रदेश अध्यक्ष पृथ्वीराज अवस्थीको संयोजकत्वमा सम्पन्न कार्यशालामा सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा. अम्मराज जोशीको प्रमुख आतिथ्यता रहेको थियो भने परिषद्का राष्ट्रिय सह-संगठन सचिव रमेश कडेल, राष्ट्रिय सचिव दिवस पोख्रेल र सुप प्रदेश सह-सचिव विनिता कुँवरको विशेष उपस्थिति रहेको थियो।

    777.jpg
    undefined

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ