२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमाले काेशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

images

  • २०८० असोज १६, मंगलबार
  • 941
    SHARES
  • एमाले काेशी प्रदेश अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित

    असोज १६, काठमाडौं : नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन्। प्रथम अधिवेशनबाट विजयी भएका खतिवडाले ५१२ मत प्राप्त गरेका छन् भने ढकालले ४३० मत प्राप्त गरेका छन्। आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो।

    प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भएका छन्। सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन्। विजयी भएका भण्डारीले ५२४ प्राप्त गरेका छन् भने शैलेश लामाले ३८१ मत प्राप्त गरेका छन्। भण्डारी खतिवडा प्यानलबाट उम्मेदवार भएका थिए।

    उपसचिवमा जलवर्षा राजवंशी ६२८ मत र देवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन्। दुवैजना नै खतिवडा प्यानलका हुन्। उप- सचिवका अर्का उम्मेदवार खेम नेपालीले ३९८ मत ल्याएका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ